मकवानपुर भाँडा व्यावसायी संघको साधारण सभा

हेटौंडा । मकवानपुर भाँडा व्यावसायी संघको प्रथम बार्षिक साधारण सभा हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले उद्योग बाणिज्यसंघ संग आवद्ध संघ मध्यमा यो वस्तुगत संघ उत्कृष्ट रहेको बताउनुभयो ।
संघमा चयन भएका नयाँ समितिका सदस्यहरुले व्यवसायीहरुको हितका निम्ती काम गर्नका लागि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा हेटौंडा एफ. एमका प्रवन्ध निर्देशक उज्वल चौलागाई, संस्थाका पूर्व अध्यक्ष नियमराज शाक्य, उपाध्यक्ष मदन कंशाकार लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रथम शाधारणसभाले हेमराज बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिका उपाध्यक्षमा रामकृष्ण चौलागाई, मदनमोहन कंशाकार, महासचिव, केशव बहादुर कार्की, सचिवमा संञ्जय रौनियार, कोषाध्यक्ष गौतम शाक्य, सदस्यहरु शंकर कंशाकार, राजेशकुमार बाँिनियाँ, नमिता खतिवडा, सन्तोषि श्रेष्ठ, सिता देवि खनाल, सञ्जय दास चयन हुनु भएको छ ।