चन्द्रमा कसरी बन्यो ? वैज्ञानिकले गरे खुलासा !
प्राचीन पृथिवीमा शृंखलाबद्ध रूपमा परेका ठूला असरका कारण चन्द्रमा बनेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । सोमवार नेचर जियोसाइन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनमा उक्त कुरा लेखिएको हो । यसअघि एक विशाल ठक्करका कारण चन्द्रमा उछिट्टिएको धारणा थियो ।
पृथिवीसँग एक आकाशीय पिण्ड ठोकिएका कारण चन्द्रमा जन्मिएको भन्ने पुरानो अनुमानलाई यो अध्ययनले नकारेको छ । यसरी एक ठक्करमा चन्द्रमा जन्मिएको सिद्धान्त अनुसार ठक्करका कारण अरबौं खरबौं धूलका कण अन्तरिक्षमा छरिएको र पछि गुरुत्वाकर्षणका कारण तिनीहरू जोडिन गएर चन्द्रमा बन्न गएको थियो ।
तर यसरी अर्को ग्रह पृथिवीमा आएर ठोकिएपछि दुवैको सम्मिश्रणजस्तो नदेखिएर किन चन्द्रमा पृथिवी नै जस्तो देखिन्छ भन्ने प्रश्नको उत्तर प्राप्त भएको थिएन । पृथिवीमा लागेका अनेकौं ठक्करका कारण चन्द्रमा जन्मेको सिद्धान्त अहिले वैज्ञानिकले पत्ता लगाएका छन् । यसरी घरिघरि ठोक्किएकाले पृथिवीका गुण चन्द्रमामा आएका हुन्, अध्ययन भन्छ ।
सिन्ह्वा