मकवानपुरमा महिलालाई हत्या गरेर गाड्नेलाई पक्राउ गरेपछी के भन्छ प्रहरी ? (भिडियो सहित)

जनपत्र
२७ मंसिर २०७९, मंगलवार १७:४६

हेटौंडा । सामान्य भेटको विवादमानै मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ की ३६ बर्षीय सरस्वती वाइबाको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर मंगलबार पत्रकार सम्मेलन गरी वाईबाको हत्यामा संलग्न ३३ वर्षीय रोज वाईबालाई सार्वजनिक गरेको हो । प्रहरीले हेटौंडाको मानसचोक नजिक छुरा प्रहार गर्नेलाई भने अझै पक्राउ गरेको छैन । प्रहरीकै अगाडी युवालाई छुरा प्रहार गरेर हिड्ने व्यक्ति हेटौंडा बजारमा खुलेआम रुपमा हिड्दा पनि पक्राउ गरेको छैन ।

यता यहि मंसिर १३ गते रोजले इन्द्रसरोबर–३ ज्यामिरेमा रोजले सरस्वतीलाई मादक पदार्थ सेवन गरेको अवस्थामा भेट हुँदा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । रोजले ‘सरस्वतीलाई मैले नै कर्तब्य गरी मारेर आफ्नै बारीमा खाल्डो खनेर पुरेको हो’ भनेर स्वीकार गरेको बताए ।

प्रहरीका अनुसार मृतक महिला मंसिर १३ गतेदेखि सम्पर्क बिहिन थिइन् । मंसिर १९ गते सरस्वतीको खोजतलास गरिदिन उनका श्रीमान बीर बहादुर वाईबाले प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । श्रीमती हराएको हप्तादिन वित्दा समेत नभेटिएपछि वीर बहादुरले मंसिर २३ गते वीर बहादुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए ।

जिप्रकामा उजुरी दिएको भोलीपल्ट मंसिर २४ गते साँझ साँडे ७ बजेको समयमा रोजको बारीमा अनुहार र कपडाको केही भाग देखि खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो । घटनाको जानकारी पाएपछि घटनास्थलमा तालिम प्राप्त कुकुर सहित प्रहरीको अनुसन्धानको टोली पुगेको थियो ।

अनुसन्धानको टोलीले रोजलाई तत्काल पक्राउ गरेको थियो । उनिमाथि जिल्ला अदालत मकवानपुरबाट दिन ७ को म्याद अनुमती लिएर थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता कार्कीले बताए । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुने कानुनी प्राबधान रहेको छ ।

यस सम्वन्धी भिडियो हेर्न तलको लिन्क क्लीक गरौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*