डा. सिके राउतको जीवनमाथि फिल्म बन्ने

मधेश अभियन्ता डा. सिके राउतको जीवनीमाथि नेपाली फिल्म निर्माण हुने भएको छ । ‘डा. सिके राउत’ नाम जुराइएको फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गर्यो । फिल्ममा सिके राउतको भूमिका भोजपुरी फिल्मका ‘पावर स्टार’ को रुपमा परिचित परदेशी शाहले निभाउनेछन् । उनी ‘एस.पी खरेल’ फिल्मबाट चर्चामा आएका थिए ।
फिल्मको घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए । दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी स्वयंले तयार पारेका हुन् । नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने फिल्मको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा हुने निर्माता बाबुले जानकारी दिए ।