युवतीलाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ

जनपत्र
२ श्रावण २०७६, बिहीबार ०६:२५

कैलालीमा जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १६ वर्षीया युवतीलाई फकाएर विवाह गर्छु भनी करणी गर्न खोज्ने कञ्चनपुरका २५ वर्षीय युवालाई गोदावरी नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो।

प्रक्राउ पर्नेमा कञ्चनपुर वेदकोट नगरपालिका–३ बस्ने २५ वर्षीय युवा रहेको कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए। उनका अनुसार युवकले जबरजस्ती करणी गरी पीडितसँग भएको नगद तथा जिन्सी समान समेत लगेको थियो। प्रक्राउ परेका युवाविरुद्ध कैलाली जिल्ला अदालतबाट म्याद थप भई गरी अनुसन्धान कार्य भइरहेको  प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*