जनतामाझ गरेका प्रतिवद्धताहरु पाँच वर्ष भित्र पुरा गछौं–एकालाल श्रेष्ठ

हेटौंडा । मंसिर ४ गतेको प्रतिनधीसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी भएका छन् । मकवानपुर क्षेत्र नम्बर–१ को (ख) बाट बिजयी भएपछी आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नका लागि भ्याइ नभ्याई भएको उनी वताउँछन् ।
चुनावका बेलामा बिकास निर्माण देखि नीति निर्माण तहमा रहेर जनताको मन छुनेगरी राम्रा काम गर्ने प्रतिवद्धता पनि त्यतीकै गरेका छन् । ती कामको सुरुवात अब गर्ने गरी श्रेष्ठले योजना समेत बनाएका छन् ।
बिशेषगरी हेटौंडा उपमहानगरपालिका क्षेत्रका बिभीन्न वडाहरुको विकासका लागि लागिपर्ने श्रेष्ठको भनाई छ । यस प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना अत्यन्तै कम छ । पहिले एमाले उक्लै बहुमत भएको यस प्रदेशमा अहिले भने एमाले बाहेक सत्ता गठवन्धनका दलहरुले बहुमत पुर्याइ सकेका छन् ।
अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा बलियो रहेको एमाले अहिले भने कमजोर अवस्थामा पुगेको अवस्थामा पनि एमाले पनि यस प्रदेश सरकार बनाउन सक्ने अवस्था भने टरिसकेको छैन । यसै सेरोफेरोमा रहेर जनपत्र डटकमका प्रधान सम्पादक हरि हुमागाँईले श्रेष्ठसंग कुराकानी गरेका छन् ।
भिडियो कुराकानी हेर्नका लागि तलको लिन्कमा क्लीक गरौं ।