नियोजित रुपमा सरोज खनालले शौचालयमा फोटोसेसन गराएका हुन् : बोर्ड
क्रबार शीतल निवास (राष्ट्रपति भवन) को एउटा साँघुरो कोठाभित्र राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको हातबाट ‘होलसेल’ मा प्रदान गरिएको वर्ष ०७३, ०७४ र ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ नतिजा र व्यवस्थापन दुबै कारणले विवादित र आलोचित बनेको छ । नीजि कम्पनीहरुले राजधानीमा गर्ने बाँडिचुँडी अवार्डभन्दा पृथक नदेखिएको देशको सर्वोच्च अवार्ड निष्पक्ष नभएको कतिपयको ठहर छ । भने, चलचित्र विकास बोर्डको कमजोर व्यवस्थापनका कारण कलाकारहरुले अपमान महसुस गरेका छन् ।
बोर्डले पहिलो पटक राष्ट्रिय अवार्ड कार्यक्रममा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो, जहाँ देशका परिचित कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कलाकारको नृत्य राष्ट्रपतिले निकै चाखपूर्वक हेरेकी थिइन् । तर, पर्दा पछाडि बसेर आफ्नो नृत्य गर्ने पालो कुरेर बसेका कलाकारहरुले भने कहिल्यै नविर्सने तीतो अनुभव संगाल्न बाध्य भए । ३५ बढी कलाकारलाई सास फेर्नै गाह्रो हुने सानो कोठामा राखिएको र बस्ने ठाउँ नभएर अभिनेता सरोज खनाल ट्वाइलेटको कमोडमा बसेको तश्विर बाहिरिएसँगै राष्ट्रिय अवार्डलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टिका-टिप्पणी भइरहेका छन् ।