मकवानपुरका सहकारीलाई उद्योगका रुपमा बिकास गरिदै

दुग्ध उत्पादक सहकारी संघको प्रयासमा ३० लाख रुपैयाँमा दूध प्रशोधन कारखाना स्थापना गरिने ।
जनपत्र
३० असार २०७६, सोमबार ०७:५६

हेटौंडा । मकवानपुर जिल्लामा दूध प्रशोधन कारखाना स्थापना गरिने भएको छ । मकवानपुरका सहकारीलाई उद्योगका रुपमा बिकास गरिदै लैजाने अभियान अनुसार दूध प्रशोधन कारखाना स्थापना गर्न लागिएको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको प्रयासमा ३० लाख रुपैयाँमा दूध प्रशोधन कारखाना स्थापना गरिने अन्तम तयारी भएको छ ।

प्रदेश नम्बर ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सहकार्यमा मकवापनुरमा दूध प्रशोधन कारखाना स्थापना गर्न लागेको हो । सरकारी र निजी क्षेत्रको स्वामित्वमा हेटौंडामा दूध प्रशोधन कारखाना भएपनि सहकारी क्षेत्रको भने अहिले सम्म पनि छैन । सहकारी क्षेत्रलाई अव उत्पादन क्षेत्रमा लगाउने उदेस्यले कारखाना स्थापना गर्न लागिएको प्रदेश नम्बर ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ भएको कार्यालय हेटौंडा १ चौकिटोलमा दूध प्रशोधन कारखाना निर्माण गरिने केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभयो । पाँच हजार लिटर क्षमताको कारखाना स्थापना गर्न लागिएको हो । प्रतिघण्टा एक हजार लिटर दूध प्रशोधन गर्ने तयारी गरिएको छ ।

दूध प्रशोधन कारखानाकबा लागि प्रदेश नम्बर ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको मन्त्री लामाले बताउनुभयो । आउँदो आर्थिक वर्षमा यो रकम सहयोग गर्नेगरी मन्त्रालयले बजेट छुट्याएको छ । दूध प्रशोधन कारखानाबाट दूधका पाकेट, दही, पनिर, घिउ उत्पादन गरिने अध्यक्ष देबकोटाले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सहकार्यमा दुग्ध उत्पादक सहकारी संघ संस्था सुदृढिकरण कार्यक्रम गरिने भएको छ । सहकारी संस्थाको क्षमता बृद्धी गर्नका लागि यो कार्यक्रम गर्न लागिएको हो । प्रदेशका सबै जसो जिल्लामा यो कार्यक्रम गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*