मकवानपुरको इन्द्रसरोवर ड्याम भरिएकाले खतराको संकेत

इन्द्रसरोवर ड्यामको ढोका खोलीदै, मकवानपुर सहित चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह ।
हरि हुमागाईं
३० असार २०७६, सोमबार ०६:४०

हेटौंडा । मकवानपुरको कुलेखानी जलविद्यूत् आयोजना जलाशय इन्द्रसरोवरको ड्याम भरीएर खतराको संकेत देखिएपछी पानी बाहिर निकालिने भएको छ । दिनहुँजसो कुलेखानीको क्षमता भन्दा बडी पानी उत्पादन भएपछी जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले इन्द्रसरोवरको ड्याम केही खोलेर पानी निकालीने भएको हो ।

कुलेखानीमा क्षमता भन्दा बडी पानी भरीएमा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा खोला आसपासका जिल्लामा बाढीको खतरा हुने भएकाले सत्रर्क रहनका लागि मकवापनुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गर्नुभएको छ । कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १५ सय २५ दशमलब ४ मिटर पानी भरीइसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बडीरहेकाले इन्द्रसरोवरको ड्याममा संकेत देखिएकाले पानी बाहिर निकाल्नुपरेको प्रमुख जिल्ला अधिकारी तामाङले बतााउनुभयो ।

आज बिहान ८ बजेबाट कुलेखानी ड्याम भित्रको ढोका खोलेर पानी बाहिर छोडिने भएको हो । तर, पानी प्राबिधिकको नियन्त्रणमा बाहिर निकाल्न लागिएको हो । पछी कुलेखानी भरीएपछी झनै खतरा हुने भएकाले अहिलेनै पानी बाहिर निकाल्न लागिएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो ।

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसारेवर, बागमती गाउँपालिका, यता सर्लाही, रौतहट, सिंधुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले बेलैमा सचेत रहन आग्रह गरिएको प्रजिअ तामाङले बताउनुभयो ।

१ सय १४ मिटर उचाइमा ड्याम रहेको छ । ३ सय मिटर चौडाइको ड्यामहो । ७ किलोमिटर लामो जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । ३७ वर्षअघि ड्याम निर्माण गरिएको हो । जलाशयको कुलेखानी प्रथमवाट ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत् उत्पादन हुँदै आएको छ । यही जलाशयको पानीबाट निर्माणाधीन कुलेखानी तेस्रोबाट १४ मेगावाट उत्पादन हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*