हेटौंडामा ‘रुपकली’ पुस्तक सार्वजनिक

हेटौडा । दिव्य सेवा निकेतनमा आश्रित साहित्यकार भूपेन्द्र प्रसाद बास्तोलाद्वारा रचित उपन्यास रुपकलीको आज सार्बजनिक गरिएको छ । प्रदेश नम्बर ३ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालले एक समारोहका बिच लोकार्पण गर्नु भएको हो ।
मन्त्री नेपालले समाज परिवर्तनमा साहित्यको ठूलो भूमिका हुने र अबको साहित्य राजा महाराजको बखान गर्ने नभई समाज बिकासमा केन्द्रित हुनु पर्ने कुरामा जोड दिनुभयो । साहित्य सिर्जनामा अनवरत क्रियाशील व्यक्तित्व भूपेन्द्र प्रसाद बास्तोलाको उच्च सम्मान सहित प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा निकेतनका प्रमुख सल्हाकार सांसद केदार न्यौपाने मकवानपुर क्याम्पसका प्राध्यापक घनश्याम घिमिरे हेटौडा १० का वडा सदस्य इन्द्र नेपाल, निकेतनका मकवानपुर शाखा अध्यक्ष चम्फुसिङ वाईवा, सचिव अर्जुन पोखरेल सदस्यहरू राजु अधिकारी, शान्ति वाइबा, लाल बहादुर गोले, मिरा वाइबा, सूवर्ण सिंह वाइबा लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको जानकारी आश्रमका सदस्य युक्तलाल बिश्वकर्माले जानकारी गराउनु भएको छ ।