आर्थिक मामिला मन्त्रालयमा पानी चुहिएर काम गर्न समस्या

हेटौंडा । प्रदेश नम्बर ३ को आर्थिक मामिला मन्त्रालयमा पानी चुहिएर काम गर्नका लागि समस्या भएको छ । आर्थिक मन्त्रालय पहिले देखिनै जिर्ण अवस्थामा रहेको र मर्मत गरेर काम गरिएको थियो । लगातारको वर्षाका कारण मन्त्रालयमा पानी चुहिएर समस्या सृजना भएको हो । मन्त्रालयमा पानी चुहिएर काम गर्नका लागि पनि समस्या सृजना भएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।
बिशेषगरी मन्त्री ढुंगेलको कार्यकक्ष, स्वकिय सचिवालय कक्षमा पानी चुहिएर समस्या भएको छ । गत बर्षनै पानी चुहिएकाले केही मर्मत गरिएपनि यसपाली झनै पानी चुहिएको मन्त्री ढुंगेलले बताउनुभयो । पहिलेको क्षेत्रिय वन निर्देशनालयको भवनलाई प्रयोग गरेर मन्त्रालय राखिएको थियो । मन्त्रालयको क्षेत्र केही फराकिलो भएपनि भवन जिर्ण बन्दा समस्या भएको हो । पानी परेर केही कागजात समेत भिजेको छ ।