सोनाक्षीको ढोका ढकढकाउन प्रहरी पुगेपछि

जनपत्र
२८ असार २०७६, शनिबार ०६:१८

बलिउडकी चल्तीकी अभिनेत्री हुन्, सोनाक्षी सिन्हा । तर, पछिल्लो समय उनी निकै समस्यामा फँसेकी छिन् । अब त उनको ढोकासम्म प्रहरी नै पनि पुग्न थालेको छ ।

यो खासमा एउटा कार्यक्रममा पर्फमेन्स गर्छु भनेर सोनाक्षीले भनेको तर उनी त्यो कार्यक्रममा नगएपछि त्यसका आयोजकले हालेको उजुरीका कारण हो । त्यही कार्यक्रमका लागि भनेर सोनाक्षीले ३७ लाख रुपैयाँ एडभान्स पनि लिएको तर पछि त्यसलाई फिर्ता पनि नगरेको आयोजकको आरोप छ ।

यही विषयमा मुरादाबादको प्रहरी सोनाक्षीको घरसम्म पुगेको थियो । तर, सोनाक्षीले यी सब आरोपलाई अस्वीकार गरेकी छिन् । उनले ती आयोजकले कार्यक्रम गर्न नसकेको तर अहिले आएर आफ्नो छवि धमिलो बनाउन यस्तो हर्कत् गरेको आरोप लगाएकी छिन् ।

सोनाक्षी जाने भनिएको त्यो कार्यक्रमका एक आयोजकले पहिले प्रहरीमा उजुरी दिँदा पनि केही नभएपछि विष खाएर मर्ने प्रयास गरेका थिए । यही कारणले पनि अहिले प्रहरीले यो मुद्दालाई विशेष ध्यान दिएर हेरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*