बाढी, पहिरोे पीडितको राहत र उद्धारमा खट्न नेकपा मकवानपुरको आवहान

जनपत्र
२७ असार २०७६, शुक्रबार १७:५५

हेटौंडा । नेकपा मकवानपुरको आजको जिल्ला कमिटीको बैठक स्थगित भएको छ । मकवानपुर सहित देशैभरी बाढी र पहिरोकोका घटना धेरे बढ्न थालेपछी पार्टीको बैठक स्थिगित गरेर राहत र उद्धारमा लाग्नका लागि पार्टीले निर्देशन दिएको छ । बाढी पहिरोका कारण जताततै समस्या भएपछी पीडामा परेकालाई राहत र उद्धारमा लाग्नका लागि निर्देशन दिइएको नेकपा मकवापनुरका अध्यक्ष मुनु सिग्देलले बताउनुभयो । मकवापनुरका सबै स्थानीय तह, जिल्ला पार्टी कमिटी, गाउँपालिका, वडा र टोल तह सम्मका नेता कार्यकर्ताहरुलाई बाडी पहिरो पीडितहरुलाई राहत र उद्धारमा लाग्नका लागि निर्देशन दिइएको अध्यक्ष सिग्देलले निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*