पहिरोका कारण हेटौंडा–काठमाण्डौ सडक अवरुद्ध, ग्रामिण सडकमा पनि उस्तै हालत

जनपत्र
२७ असार २०७६, शुक्रबार ११:१३

हेटौंडा । मकवानपुरमा निरन्तर वर्षाका कारण हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको फाखेल, सिस्नेरी र छेपारे भन्ने स्थानमा पहिरो लडेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

निरन्तर भएको वर्षातको कारण हेटौंडा काठमाण्डौ जाने कान्तिलोकपथ सडक पनि चार दिन देखि अवरुद्ध बनेको छ । यता मकवानपुरको कैलाश गाउँपालिका, राक्सीराङ गाँपालिका क्षेत्र र हेटौंडाका पनि ग्रामिण सडकहरु अवरुद्ध भएका भएका कारण सवारीका साधन चल्न सकेका छैनन् । वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ । यता पुर्वि मकवानपुरको बकैया, वागमती सडक खण्डको केहि भागमा समेत सबारी आवगमन रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*