२१ जनालाई लोकल कुखुराको चल्ला

नारी सीप सिजर्ना केन्द्र नेपाल मकवानपुरले २१ जनालाई लोकल कुखुराको चल्ला बितरण गरेको छ । नारी सीप सृजना केन्द्रले ए.डब्लु.ओ. ईन्टरनेश्नलसंगको साँझेदारीमा संचालित मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाले गत जेठ २४ गते लोकल कुखुरा पालन सम्बन्धी तालिम दिए पश्चात आज बिहीबार एक कार्यक्रमका बिच २१ जनालाई १०÷१० ओटाको दरले लोकल कुखुराको चल्ला बितरण गरेको हो ।
मनहरी गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको १५ जना र हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडाको ६ जनालाई लोकल कुखुराको चल्ला बितरण गरेको हो । अहिले हरेक कुरामा हुने बिषादी र रसायनिक पदार्थ मिश्रणले मानव शरिरलाई नराम्रो असर गरिरहेको छ । खानेकुरामा स्वच्छ, सफा, अर्गानिक र लोकल वस्तुहरुको उपभोगमा जोड दिने उदेश्यले लोकल कुखुरा पाल्नको लागि चल्ला बितरण गरिएको नारी सीप सिजर्ना केन्द्रकी अध्यक्ष उमा सुबेदीले बताउनु भयो । नारी सीपले बिभिन्न तालिम तथा आवश्यक सहयोग गर्दै आएको र यो कार्य निरन्तर रुपमा हुने मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना संयोजक ज्योती बोम्जनले बताउनु भयो ।