प्रहरीको रोहबरमा शिल्पा र छविले गरे झगडा नगर्ने सहमति

जनपत्र
२६ असार २०७६, बिहीबार १६:०८

प्रहरीको रोहबरमा नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाले आगामी दिनमा झगडा नगर्ने सहमति गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीहरुबीच झगडा नगर्ने सहमति भएको हो ।
परिसरका प्रवक्ता होबिन्द्र बोगटीलले बिहीबार प्रहरी कार्यालयमै शिल्पा र छविबीच आगामी दिनमा एक–अर्काको शान्ति सुरक्षामा असर नगर्ने सहमति भएको बताए ।  शिल्पा पोखलेरले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको र त्यही उजुरीका आधारमा दुवै पक्षबीच सहमति भएको बोगटीले बताए ।

उनीहरु एक–अर्कासँग बस्ने–नबस्ने भने उनीहरुको व्यक्तिगत कुरा भएको बोगटीले बताए । शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार जिल्ला प्रशासनमार्फत् प्रहरीमा छविविरुद्ध उजुरी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*