मकवानपुर खेलाडी उत्पादन गर्ने थलोको रुपमा विकास भएको छ–कमल थापा

खेलकुदबाट राष्ट्रको पहिचान बनाउन लागि पछौं–एकालाल श्रेष्ठ
जनपत्र
१९ कार्तिक २०७९, शनिबार १९:५३

मकवानपुर/ मकवानपुर क्षेत्र नम्बर–१ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका कमल थापाले यस जिल्ला खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास हुँदै गएको वताउनु भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा जिल्लाका खेलाडीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो रगतका थोपा–थोपामा खेलकुदनै रहेको वताउनुभयो ।

हरेक खेलक्षेत्रमा सहभागि भएर आफु विजयी हुनेगरेको इतिहासलाई संझदै थापाले भन्नुभयो–‘अनुशासन र कडा परिश्रमबाट मात्र खेलाडी बन्न सकिन्छ । खेलकुदमा सहज रुपमा हार स्वीकार गर्न सकिन्छ तर, अरु क्षेत्रमा सहज रुपमा हार स्वीकार गर्न गारो हुन्छ ।’ आगामी पाँच वर्षमा खेल क्षेत्रमा धेरै काम गर्ने उहाँले वताउनुभयो ।

खेलकुदबाट राष्ट्रको पहिचान बनाउन लागि पछौं–एकालाल श्रेष्ठ

मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले खेलकुदबाट राष्ट्रको पहिचान बनाउन लागिपर्ने वताउनु भएको छ । खेलकुद महासंघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रको खेलकुदका आफुहरुले सरकारमा रहेर काम गर्ने वताउनुभयो ।

खेलक्षेत्रका लागि हेटौंडा र जिल्लामा समेत काम गर्न आफुहरु तयार रहेको वताउँदै उहाँले भन्नुभयो–‘एक विद्यालय एक खेल शिक्षक राखेर यस क्षेत्रमा काम गछौं । तीनै तहका सरकारको लगानीमा खेलकुदका संरचना निर्माणका कामसंगै खेलाडी उत्पादनको क्षेत्रमा पनि लाग्छौं ।’ बुद्धीचाल खेलकुदको नेतृत्व पनि गरेकाले आफुलाई यस क्षेत्रको समस्या जानकारी भएकाले सबैको सल्लाहबाटनै काम गर्ने वताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले आफुले खेल क्षेत्रका लागि उपमहानगरपालिका क्षेत्रमा धेरै काम गरेको वताउनुभयो । विशेषगरी खेलकुदका पूर्वाधारका कामलाई जोड दिएको वताउनुभयो । हेटौंडामा कबर्डहल निर्माणको काम देखिलिएर वडा वडामा खेलकुदका संरचना निर्माणमा जोड दिएको वताउनुभयो । कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय नेता धरम लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*