भारतको लखनउमा ‘माग्ने’लाइ यसरी दिइँदै रोजगारी

जनपत्र
२६ असार २०७६, बिहीबार ०६:३५

भारतको लखनउ नगर निगमले शहरका भिखारीलाई रोजगारी दिने तयारी गरेको छ । नगर निगमको रेकर्ड अनुसार शहरमा जम्मा ५४३ भिखारी रहेका छन् ।  यद्यपि गैरसरकारी आँकडा अनुसार यो संख्या करिब पाँचहजार छ । निगमले शहरमा भिख माग्नेहरुलाई रोजगारी दिने योजना अन्तर्गते सबै क्षेत्रमा सर्भे गरिरहेको छ ।
नगर निगमका आयुक्त इन्द्रमणि त्रिपाठीले भिख माग्नेलाई मूलधारमा ल्याउनका लागि यो प्रयास भएको हो । उनीहरुलाई नगर निगमकै कुनै काम लगाउने तयारी भइरहेको छ ।  उनीहरुलाई घरघरमा गएर फोहोर जम्मा गर्ने, सफाइ गर्ने, सडकमा बिजुलीको व्यवस्था गर्ने, नालीको सफाइ जस्ता गतिविधिमा लगाउन लागिएको छ । (बीबीसी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*