पटकथा लेख्न सिकाउन ‘कृष’ लेखक नेपाल आउने

जनपत्र
२६ असार २०७६, बिहीबार ०६:२७

भारतका प्रख्यात स्क्रिप्ट राइटर रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपाल आएर पटकथा लेखन सम्बन्धि प्रशिक्षण दिने भएका छन् । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालामा सहभागी हुन रोबिन र जेफ नेपाल आउने पक्का भएका हुन् ।
एकेडेमीका अध्यक्ष केपी पाठकले भदौमा हुने कार्यशालाका लागि दुबै जना नेपाल आउन तयार रहेको जानकारी दिए । ७२ वटा बलिउड फिल्म लेखेका रोबिन भट्ट निर्देशक तथा निर्माता महेश भट्टका नातेदार हुन् । उनले महेशका धेरैजसो फिल्मसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदी फिल्म लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*