‘गीत गजल’ पोस्टरमा रोमान्टिक रुप र आरोही

जनपत्र
२५ असार २०७६, बुधबार ०६:०५

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई फिल्म ‘जोनी जेन्टलम्यान’ मा एक्सन-कट गरेका नीतिन चन्द निर्देशित दोस्रो फिल्म ‘गीत गजल’ को असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक चन्दले आफूले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको बताएका छन् । फिल्मको एक गीत भारतको गोवामा खिचिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*