‘बुलबुल’ का चोपेन्द्रसँग रोमान्स गर्दै केकी

जनपत्र
२५ असार २०७६, बुधबार ०६:०४

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका चोपेन्द्र उर्फ मुकुन भुषालले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्ने भएका छन् । पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा अभिनेत्री केकी केही दिन अगाडि भित्रिएकी हुन् । मुकुन भने गएको महिना नै अनुबन्ध भएका थिए ।
फिल्ममा धेरै मेहनत र जीवन्त अभिनय गर्ने कलाकार चाहिएकाले केकी र मुकुनलाई लिएको निर्देशक देउजाले बताएका छन् । बाँकी कलाकारको छनोट कार्य भइरहेको उनले बताए । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*