‘म यस्तो गीत गाउँछु २’ को मुहूर्त, बाँधियो पूजा र पलको जोडी

जनपत्र
२५ असार २०७६, बुधबार ०६:०३

गएको दुई वर्ष अगाडि घोषणा गरिएको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी बाँधिएको छ । मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु निर्देशक सुदर्शन थापा र अभिनेता पलको सम्बन्ध विग्रिएपछि ‘म यस्तो गीत गाउँछु २’ नबन्न नसकेको चर्चा लामो समयदेखि फिल्मवृतमा चल्दै आएको थियो । निर्देशक थापाले अभिनेता अनमोल केसीलाई यो फिल्म अफर गरेको खबर समेत बाहिरिएको थियो ।
अन्ततः बजारका सबै हल्लाहरुलाई चिर्दै दोस्रो पटक निर्देशक थापाले ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको जोडी बाँधेका छन् । मंगलबार बिहान फिल्मको मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको छ । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए । दशैंपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । यो फिल्मको गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेलको काँधमा छ । ‘प्रेमगीत’ पछि सुदर्शनको हरेक फिल्ममा अर्जुनले संगीत भर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*