राजनितीमा कुनै निर्णय सहि वा गलत हुदैन, मुलत सबै निर्णय लक्ष्य पूरा गर्नु मात्रै हुन्छ

प्रतिक न्यौपाने
७ कार्तिक २०७९, सोमबार १७:५२

समृद्ध समाजको सपनालाई अमुर्त रुप दिदै राष्ट्र निर्माणको परिकल्पनालाई साकार बनाउन मंसिर ४ गतेको चुनाब पछी केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर देशको नेतृत्व गराउन जरुरी रहेको बेला संगठनले परिणाममुखी निर्णय गर्न जरुरी छ। यसको निमित्त समग्र नेकपा ऐमालेका नेता कार्यकर्ताले पार्टीको निर्णय बिपरित अभिव्यक्ति र अन्तरघातको कार्यहरुलाई अस्विकार गरि त्याग र बलिदान पुर्ण संघर्ष गर्दै अघि बढ्न जरुरी देखिन्छ।

राजनितीमा कुनै पनि निर्णय व्यक्ती बिशेष जोडेर निर्णय उपज सहि र गलत भन्ने टीका टिप्पणी दिदै संगठनलाई चुनौती गर्नेरदिनेहरु अवसरवाद, व्यक्तिगत अहंकारले भरिएको अराजनीतिक व्यक्ती हुन। नेकपा एमालेको इतिहास जुन हरेक जात धर्म, लिंग, बर्ग र समुदायलाई समेट्दै सन्तुलित राष्ट्रिय निति निर्माण गरेर भावी योजना तर्जुमा सहितको निति नियम अनुरुप कानुन, विधान संशोधन गर्दै अघि बढीरहेको पार्टी हो, जहाँ मुलत नितान्त रुपमा अभ्यास गरिबीको चरम सिमारेखा मुनि रहेका श्रमजिवी, उत्पीडित, निमुखा, सर्वहारा बर्ग सहित सम्पुर्ण जात धर्म लिंग र समुदायलाई अघि बढाई रहेको छ।

ूनेकपा एमाले कुनै प्रतिगमनकारीले सुनाएको कहानी होइन, यो राष्ट्रिय तथा अन्तरास्ट्रिय राजनैतिक जगतमा सफल ईतिहास हो । नेकपा एमाले एउटा संगठन मात्रै नभै राष्ट्रको गरिमाको रुपमा स्थापी भैसकेको पार्टी हो। नेकपा एमालेले हरेक चुनाबी मैदानमा मात्र आफ्नो सांगठनिक व्यक्तिलाई स्थापित गराएर नेतृत्वको डाडु बोक्ने गरेको प्रसङ्ग अराजनीतिक व्यक्तिको प्रसंग हो। एमालेले पछिल्लो चुनाबहरुलाई नजिक बाट निल्यालेर हेर्ने हो भने २०४८ मा भिक्षु अक्षधोस देखि बर्तमन अवस्थामा दलित, मधेसी, चेपाङ, थारु लगाएत सम्पुर्ण जातीलाई समेटेर समाबेसी पद्धतिमा महिलाहरूले पनि नेतृत्वदायी भुमीका राख्नु पर्छ भन्दै सदन देखि सडक सम्म सुनिस्चितता गरेको छ।

केपी शर्मा ओलीले नेतृत्व गरिरहदा राष्ट्रिय स्तरमा युवाहरूको एक मात्र लोकप्रिय पार्टी हिजो स्व।जननेता क। मदन भण्डारीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बौद्धिक एवम् बैचारिक व्यक्तीहरुको रुचिको र स्वर्गिय नेता मनमोहन अधिकारीले बुढापका र ग्रामीण भेगको जनताको हृदयमा स्थापना गर्न सफल भएका पार्टी हो नेकपा एमाले। यस् अर्थमा नेकपा एमालेको निरन्तरता राष्ट्रिय निति, बिकास र समृद्धिको योजना सहित भावी प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नेतृत्व गराएर आसन्न चुनावी माहोलमा सम्पुर्ण राष्ट्रप्रेमीहरु लागि पर्नु पर्ने जरुरी छ।

संघठनको कुनै पनि निर्णयलाई व्यक्तिवाद, नातावाद, कृपावाद, र पुजिवादको सकृयताको संज्ञा दिदै संघठन कमजोर बनाउन कार्यलाई छाडेर आफ्नो जिम्मेवारीमा कर्तव्यरत रहि सर्वागिण शैलीमा निष्ठापुर्वक आफ्नो दाहित्तो पुर्ण गर्दै अघि बड्न जरुरी छ।

ईतिहास सधै जित्नेको मात्रै हुन्छ, तर पराजित हुनेहरुको परिवर्तनमा भुमीका हुदैन भन्ने चाहिँ बिल्कुलै हुदैनू तसर्थ कुनै पनि पार्टी संघठन संरचना निर्माणकार्यमा सबै बर्ग समुदाय व्यक्तीको बिचार समष्टिगत प्रतिनिधित्व भईनै रहेको हुन्छ, संगठनको हरेक निर्णयलाई आत्मसात गर्दै बर्तमनको भीषण परिवेशलाई सहजिकरण गर्दै गठबन्धन बिरुद्धको लडाईमा जित हासिल गर्दै राजनेता क। केपी शर्मा ओलीलाई संमाननिय पद संग जोड्न प्रधानमन्त्रीको रुपमा स्थापना गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुर गर्न तर्फ ससक्त रुपमा भुमीका निर्वाह गर्न जरुरी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*