भट्टी साहुनी दीपाश्रीसँग आर्यनको ठुम्का

जनपत्र
२४ असार २०७६, मंगलवार ०६:२३

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ का कारण पूर्वघोषित मिति (साउन ३०) बाट एक हप्ता पछाडि सरेर भाद्र ६ पुगेको भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक भइसकेको छ । यो गीतलाई दर्शकले निकै मन पराएका छन् । अब, निर्माण टिम केही दिनमा दोस्रो गीत सार्वजनिक गर्ने तयारीमा छ ।
दोस्रो गीतमा दीपाश्री निरौला र आर्यन सिग्देललाई देख्न सकिनेछ । दुईको नृत्य रहेको गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र दीपालाई नृत्य गरिरहेको देख्न सकिन्छ । गीतमा शिवहरी पौडेल पनि फिचर्ड छन् । दीपाश्री गीतमा भट्टी साहुनीको भूमिकामा छिन् । उनी पहिलो पटक आइटम गीतमा देखिन लागेकी हुन् । ‘हजार जुनीसम्म’ मा उनको अभिनय भने छैन ।
‘आज नगद भोली उधारो’ बोलको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, नव-नायक अक्की प्रधान, उत्तम केसीलगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । केही दिनमा उक्त गीत युट्युब रिलिज हुनेछ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*