शीर्ष स्थानमा ‘फाटेको जुत्ता’, चेपुवामा ‘रामकहानी’

जनपत्र
२४ असार २०७६, मंगलवार ०६:२२

कुनै पनि भिडियो सामाग्रीको सफलता र असफलता मापन गर्ने तराजुको रुपमा लिने गरिएको छ, युट्युब ट्रेन्डिङ । फिल्म, गीतसंगीत वा अन्य विषयमा बनेका भिडियो ट्रेन्डिङमा परे सफलता मानिन्छ । नभए, असफलको ट्याग झुण्डिन्छ । त्यसैले जो कोही आफ्नो भिडियो सामाग्रीलाई युट्युब ट्रेन्डिङमा ल्याउन अनेकन उपायहरु अपनाउँछन् । प्रायः डलर तिरेर ‘बुस्ट’ गर्दन । तर, कतिपय यसलाई अस्वस्थ प्रतिस्पर्धा मान्दछन् ।
सफलताको मानक बनेको युट्युब ट्रेन्डिङको शिर्ष तीन स्थान केही दिनदेखि दुई नेपाली र एक साउथ इन्डियन फिल्मले कब्जा गरेको छ । दुई दिनअघि युट्युब रिलिज भएको निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । फिल्मलाई अहिलेसम्म २२ लाख बढीले हेरिसकेका छन् । २८ हजार लाइक्स मिलेको फिल्मलाई पब्लिक कमेन्टमा मिश्रित प्रतिक्रिया प्राप्त छ । यो फिल्मले हलमा राम्रो व्यापार गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*