‘कबड्डी कबड्डी कबड्डी’ टीजरः उपासनाको प्रेममा दयाहाङ

माटो सुहाउँदो फिल्म बनाउन सिपालु मानिने निर्देशक रामबाबु गुरुङ निर्देशित हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । भाद्र १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको १ मिनेट २९ सकेण्ड छोटो टीजर इन्गेजिङ छ । दोस्रो पार्ट जहाँ अन्त्य भएको थियो तेस्रो सिक्वेल त्यहीँबाट सुरु हुने टीजरले प्रस्ट्याउँछ ।
टीजरको सुरुवातमा अभिनेता दयाहाङ राई (काजी) ‘मैयाँ’ उर्फ रिश्मा गुरुङको फोटो हेरेर टुलाइरहेका छन् । उनको साथमा विजय बराल छन् । फिल्ममा फ्रेस रोलमा इन्ट्री भएकी ‘क्याप्टेन’ गर्ल उपासना सिंह ठकुरीसँग दयाहाङसँगको प्रेम र रोमान्सलाई टीजरमा विशेष स्थान दिइएको छ । तर, टीजरको अन्तिम दृश्यले भने कन्फ्यूज बनाउन सक्छ । टीजरमा फिल्मप्रति दर्शकमा उत्सुकता जगाउने ल्याकत देखिन्छ ।
टीजर हेर्नुहोस् :-
टीजर हेर्नुहोस् :-