दुरुस्तै कपिल देव देखिए रणवीर

जनपत्र
२२ असार २०७६, आईतवार ०६:५१

बलिउडका एनरजेटिक र ट्यालेन्टेड एक्टर रणवीर सिंहको शनिबार (आज) बर्डथे हो । उनले आफ्नो बर्थडेको विशेष अवसरमा आफ्नो नयाँ फिल्म ‘८३’ को पहिलो पोस्टर साझेदार गरेका छन् । पोस्टरमा उनलाई हुबहु क्रिकेटर कपिल देव देखिएको छ । फिल्ममा उनी कपिलको भूमिकामा छन् । प्रशंसकलाई उनको लुक्स निकै मन परेको छ भने निकै तारिफ पनि गरेका छन् ।
फिल्मको पोस्टरमा रणवीरले सोतो जर्सी लगाएका छन् र हातमा बल छ । फर्स्टलुक साझेदार गर्दै उनले लेखेका छन्, ‘मेरो विशेष दिनमा प्रेजेन्ट गर्दछु हरियाणाका तूफान कपिल देव ।’ यो फिल्म वर्ष १९८३ मा भएको वर्ल्ड कपमा आधारित छ । रणवीर अहिले फिल्म ‘८३’ को छायांकनका लागि लण्डनमा छन् । फिल्ममा उनको श्रीमतीको भूमिकामा रियल श्रीमती दीपिका पादुकोण छिन् ।
लण्डनमा छायांकनमा जानुअघि रणवीर दिल्लीमा कपिल देवको घर पुगेर १० दिन बसेका थिए, जसबाट उनी कपिल देवको बारेमा अरु कुरा थाहा पाउन सकुँन् । यो फिल्ममा कपिल देवको जर्नीको बारेमा बताइनेछ, जसले सन् १९८३ मा लण्डनमा भारतलाई वर्ल्ड कप जिताएका थिए । यो फिल्मलाई कबीर खानले निर्देशन गर्दैछन् । फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*