रिमा विश्वकर्माको घोषणा : अर्को विवाह गर्छु
चर्चित नायिका रीमा विश्वकर्मा अर्को विवाह गर्ने तयारीमा जुटेकी छिन् । शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको“जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका विश्वकर्माले आफूले अर्को विवाह गर्न सक्नेबारे खुलासा गरेकी हुन् ।
धमलाले हाक्काहाक्की तपाईको विवाह हुने सम्भावना कत्तिको छ भनि प्रश्न तेर्साएपछि रिमाले पनि सिधासिधी जवाफ फर्काईन् । उनले भनिन्, “छ नि । भोलि कसले देखेको छ र ? विवाह हुन्छ नै भनेर म ग्यारेन्टी दिन सक्दिन् । तर, त्यो सम्भावना छ ।” रिमाको पहिलो विवाह लण्डन बस्ने नेपाली युवा रोबट विश्वकर्मासँग भएको थियो । तर, उक्त विवाह धेरै वर्ष टिक्न सकेन । उनीहरु डिभोर्स दिन बाध्य भएका थिए । त्यसयता रिमाले अब विवाह नगर्ने घोषणा गर्दै आएकी थिईन ।