करिश्मा र शान्ताले भेटेर दिए एकअर्कालाई बधाई

काठमाडौँ- काठमाडौँमा आयोजित एक कार्यक्रममा भेट भएका केही दिनअघिमात्र सँगै एसईई पास भएका अभिनेत्री करिश्मा मानन्धर र नेतृ शान्ता चाौधरीले एकअर्कालाई बधाई दिएका छन्। अभिनेत्री मानन्धर र नेतृ चौधरी एसईई पास गरेपछि पहिलोपटक नेपाल टेलिभिजनमा प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रमका लागि भेट भएका हुन्।
चौधरीले भनिन्, ‘मुन्द्रेको कमेडी क्लबद्वाराआयोजित एक कार्यक्रममा उपस्थित हुने क्रममा करिश्माजी सँग भेट भयो। एसईई परीक्षापछि फोनबाट शुभकामना आदानप्रदान गरेका थियौँ। नतिजापछि पनि मोबाइलमा नै कुरा गरेर बधाई एवं खुशी साटेका थियौँ, आज प्रत्यक्ष भेटमा बधाई साट्न पाइयो।’ यी दुईबीच आगामी दिनको अध्ययनको विषयमा छलफल भएको थियो। ‘रमाइला कुराकानी गर्यौँ, खुशी लाग्यो,’ चौधरीले भनिन्।