हेटौंडामा मन्त्री यादवको आक्रोशः ‘मुलुक सुधार्न राजनीतिक नेतृत्व सुध्रनुपर्छ’

जनपत्र
२० असार २०७६, शुक्रबार १६:४८

हेटौंडा । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादबले मुलुकको सुधारका लागि राजनीतिक नेतृत्व सुध्रनुपर्ने वताउनु भएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा नव निर्मित टैंकर क्यालीब्रेशन टावरको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले जनताको अगाडी राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र बदनाम भएको आरोप लगाउनुभयो । तेल क्षेत्रमा कर्मचारी देखि राजनीतिक तह सम्म वदनाम भएको उहाँले बताउनुभयो ।

अव यस क्षेत्रमा भएको कमी कमजोरी सुधार गर्नका लागि क्यालीब्रेशन टावरको निर्माण गरिएको वताउनुभयो । अब बिक्रृति विरुद्धको आन्दोलनको आवस्यक्ता रहेको वताउँदै उहाँले भन्नुभयो–‘अवको आन्दोलन भनेको बिकृति, विसंगति विरुद्धको आन्दोलन सुरु गर्ने हो । मुलुकका धेरै क्षेत्रका आन्दोलन सकिएकाले अव बिकृति बिरुद्धको आन्दोलन आवस्यक छ ।’

भाषण गर्नका लागि सजिलो भएपनि राजनीतिमा सुधार गर्नका लागि निकै गारो भएको भन्दै मन्त्री यादवले भन्नुभयो–‘हामी राम्रो भएमा अरु सबै ठिक हुन्छ । पहिले हामी आफै ठिक हुन जरुरी छ ।’ अब मुलुकको समृद्ध यात्रामा जुट्नका लागि उहाँले आग्रह गर्नुुभयो । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एमकुमारी खतिवडाले पहिलो पटक नेपालमा यसको प्रयोगको सुरुवात गरिएको वताउनुभयो । यसको परिक्षणपछी उपभोक्ताको हक हितका लागि काम हुने उहाँले वताउनुभयो । कर्मचारी तन्त्रले तेल क्षेत्रमा नराम्रो काम गरेमा कार्बाही गर्न आफु तयार रहेको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*