हिदमको हृदयः भीमेफेदी गाउँपालिकाका ५०५ जना चेपाङको निःशुल्क स्वास्थ्य बीमा
आर्थिक बिपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका मकवानपुरको भिमफेदी गाउँपलिकाका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बीमा गरिएको छ । सामान्य रोगको समेत उपचार गराउन नसक्दा अकालमै मृत्युबरण गर्नु पर्ने बाध्यताबाट मुक्ति दिन गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।
स्वयमसेवक परिचालन गरी बिपन्न चेपाङ समुदायको तथ्याङक संकलन गरी बीमा गरिएको कार्यालयले जनाएको छ । संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ नम्बर वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबार रहेको कार्यालयका स्वास्थय संयोजक ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । तथ्याङक अनुसार १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ ।
परिचय पत्र बितरण गर्दै गाउँपालिका अध्यक्ष हिदम लामाले समान्य रोगका कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।