२१ वर्षपछि विवाह गर्ने युवतीलाई ५ हजार पुरस्कार
जिल्लाको शुभकालिका गाउँपालिकाले कृषि कार्यक्रमलाई लाक्षित गरी युवा कृषि उद्यमीलाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ। गाउँपालिकाले २०७६/०७७ को नीति तथा कार्यक्रममा युवा उद्यमीलाई मासिक मासिक दुई हजार दिने निर्णय गरेको हो।गाउँपालिका भित्रका २१ वर्ष उमेर पुगेर युवतीले विवाह गरेमा ५ हजार पुरस्कारस्वरूप दिने गाउँपालिकाले निर्णय गरेको छ। बालविवाहको अन्त्य गर्नका लागि गाउँपालिकाले २१ वर्षको उमेर पुगेर विवाह गरे प्राहोत्सान स्वरूप पाँच हजार दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए। ‘बालविवाह न्यूनीकरणका लागि प्राहोत्सन दिने निर्णय भएको छ’ उनले भने, ‘हामीले गाउँपालिका बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छौँ।’