हेटौंडाको एउटा सामुदायिक स्कुलको यथार्थ

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा न ९ बेतखोल्सी, कुखराना । खहरेको छेउमा एउटा प्राथमिक विद्यालय छ । २०४५ सालमा स्थापना भएको दिव्यज्योती प्राथमिक विद्यालय । विद्यार्थी संङ्ख्या १३३ जना छन् । स्कुलको कम्पाउण्ड भित्र पस्दै गर्दा लाग्छ कुनै बगैंचामा फलको स्वाद लिनको लागि पस्दैछौ । सानासाना बोटमा भुँई छुने गरी झुलेका आँप । उसैगरी लटरम्म फलेका अम्बाहरु । अनि भर्खरै फल टिपेर रित्तिएका लिचिका बोटहरु ।
फलफुलको बोटको अन्तर–कुन्तरबाट आवाज आउँछ बालबालि र अनि चराचुरुड्डिको लयहरु । चराचुरुड्डी कुन्नी के भन्दैछन्, बालबालिका भन्दैछन् ‘क कमल, ख खरायो…।’ लयमा लय भर्दैछन् महिला शिक्षकहरु । यही स्कुल हो केही वर्ष अगाडी विद्यार्थी पस्नै डराउने, अभिभावकले स्कुल नै भन्न नरुचाउने । झाँडी भित्रको पुरानो भौतिक संरचना भएको स्कुल, स्थानीयले अपनत्व नगरेको यै स्कुल । अहिले सिड्डो समूदायले आफ्नो सम्पत्ति मानेको छ । अहिले अभिभावहरुले यही स्कुलमा आफ्ना छोराछोरीको उज्यालो भविष्य देख्न थालेका छन् । नियमित छोराछोरीलाई विद्यालय आफूपनि आउने र सुधारको लागि सुझाव समेत दिन थालेका छन् ।
कसरी सुध्रियो ?
खहरे छेउको यो स्कुल २०६८ साल अगाडीसम्म स्थानीयबासिको समेत हेलामा थियो । स्कुलको करेसामै घरभएका स्थानीयहरुले आफ्ना छोराछोरी बस चढाएर टाढाको विद्यालय पठाउँथे । मुस्किलले यही स्कुलमा आउने २०÷२५ जना विद्यार्थीहरुलाई पनि समुदायको माया थिएन,भन्थे ‘बाटो छेउको फलफूल चोरेर, मासेर सके, स्कुले भुराहरुले ।’
फिल्मी शैलीमा यो स्कुल यसरी परिवर्तन भयो कि अहिले पुराना कुरा कहानी जस्तो लाग्ने स्थानीयहरु नै बताउँछन् । स्कुलका प्राध्यानाध्यापक को रुपमा पुरुशोत्तम आचार्य आए । स्कुलको दुरावस्था देखे । एक्लैले केही गर्न संभव थिएन समूहले साथ भए नमुना बनाउने सक्ने योजना व्यवस्थापन पक्षलाई सुनाए । स्कुल व्यवस्थापन र अरु शिक्षकहरुको साथ पछि अहिले स्कुल नमुना बन्यो ।
विद्यालय अगाडीको तत्कालिन झाडी फाडेर विद्यार्थी र अभिभावककै रोहवरमा १÷१ वटा फलफूल लगाइयो, अहिले ति विरुवाले फल दिन थालेका छन् । विद्यार्थीले मेरो विरुवा भन्छन्, गोडमेल गर्छन, बेलाबेलामा घरैबाट बेलाबेलामा कम्पोष्ट मल ल्याएर हाल्छन् । फलेका फलहरु विद्यार्थीलाई साप्ताहिक रुपमा बार अनुसार कक्षामा वितरण गरिन्छ, बढी भएका फलहरु घरघरमा समेत पठाइन्छ ।
‘विहीबार नर्सरी कक्षाको फलफूल खाने दिन’ विद्यालयका प्राध्यानाध्यपक आचार्यले भने ‘आ–आफ्नो बार पर्खेर बस्छन्,पालो आउँछ खान पाइन्छ, हामीले नै खाने हो भनेपछि सबैले विरुवा र फलको माया गरेका छन् ।’ वरपरका किसाको बगैचाको फलपनि सुरक्षित भएनन्, स्कुले बालबालिकाहरुले चोरेर खाए भन्ने गुनासो खुब आउँथ्यो’ प्राध्यानाध्यपक आचार्यले भने ‘अहिले बाटो आसपासको मात्रै हैन, आफ्नै कम्पाण्डको फलपनि टिप्दैनन् बालबालिकाहरु ।’
सुधारपछि यस्तो रुप
भौतिक पक्षसंगै शैक्षिक पक्षमा सुधार आउन थालेपछि अहिले स्कुलमा विद्यार्थी पनि बढ्न थालेका हुन् । बोर्डिड्ड स्कुलमा जस्तै अग्रेंजी माध्यममा पढाई, पोशाक तथा अतिरीक्त क्रियाकलप गर्ने गरिएको छ । बालबालिका मैत्री शौचालय, पिउने पानी धाराको व्यवस्था खेल मैदानको व्यवस्था बालमैत्री छ ।
नर्सरी कक्षाका सानासाना बालबालिकालाई पढ्ने समयमा निदाउन खोजेमा सुत्ने खाट र ओछ्यानको व्यवस्था छ, उनीहरुको लागि एटेज शौचालय र खेल्ने मैदान छ । महिला शिक्षकहरुले खेलाउँदै सिकाउँछन्, खेलाउँदै खुवाउँछन, र थकित देखेमा आराम गराउँछन्, सुताउँछन् । १ वा २ जना विद्यार्थी हुने नर्सरी कक्षमा अहिले ६२ विद्यार्थी छन् । २ वटा कक्षमा ३१÷३१ जना राखिएको छ ।
शैक्षिक अवस्था सुधारको लागि विद्यालय व्यवस्थापन समितिकै निर्णयमा सबै शिक्षकहरुलाई १÷१ दर्जन रातो कलम दिइएको छ । उनीहरुले अनिवार्य रुपमा हरेक दिन विद्यार्थीलाई गृहकार्य दिएकै हुनुपर्छ, र परिक्षण गरेकै हुनुपर्छ भन्ने नियम बनाइएको छ, यसलाई सबैले फलो गरेका छन् । ‘रातो मसीले गृहकार्य नदिएको र गरेको गृहकार्य परिक्षण नगरेको पाइएमा अभिभावकहरुले तत्काल मोवाइमै फोन गर्छन् । सबै अभिभावकलाई कक्षा शिक्षक र प्रध्यानाध्यापकको मोवाइल नम्बरसहितको क्यालेण्डर उपलब्ध गराइएको छ ।
‘एक जनाको पहल हैन,हाम्रा अभिभावक, शिक्षक, व्यवस्थापन समितिसबैको पहलमा हामी नमुना बन्ने छौ भन्ने लक्ष्य लिएर अगाडी बढेका हौ’ प्रअ आचार्यले भने ‘भौतिक पूर्वाधार पूर्वाधार सुविधा सम्पन्न, उच्च शैक्षिक स्तरसबैमा पूर्णता युक्त नमुना प्रावि बनाउने र केहीवर्षभित्र नमुना निमावि बनाउने हाम्रो लक्ष्य हो’ आचार्यले भने ।
स्थानीय सरकारको निगरानी
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी हेउनपा–९ का निर्वाचित वडा अध्यक्ष पनि हुन् । स्थानीय सरकारको निगरानीमा स्थानीय शैक्षिक संस्थालाई सबैपक्षबाट सवल बनाउन लागि परिरहेको भण्डारीले बताए । ‘प्रारम्भिक कक्षालाई नै व्यवस्थित नगरे माथिल्लो कक्षाको लागनीको अर्थ हुन्न, हामी इसीइडीलाई नै लगानी गर्छाैं’ भण्डारीले भने । भण्डारीका अनुसार यसवर्ष इसीइडीको लागि डाइनिड्ड हल, सहित फूल बगैंचाको व्यवस्था गरिने योजना छ, विद्यालयका सवारी व्यवस्थापन पक्ष अझै प्रभावकारी बनाइनेछ ।
‘संस्थागत विद्यालयको मात्रै राम्रा पक्षहरु हेर्ने अभिभावहरुले यस्ता नमुना सामुदायिक विद्यालयहरु पनि हेरिदिनुपर्छ,सामुदायिक विद्यालयका शिक्षकहरुको परिश्रम पनि कमी छैन जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का प्रमुख बद्री पाठकले भने । ‘चाहेमा हामीले गर्न सक्छौ भन्ने गतिलो उदाहरण दिव्यज्योति प्रावि हो’ पाठकले भने ।
अभाव पनि छन्
भुकम्पले रातो स्टिकर लागेको कक्षालाई मर्मत मात्रै गरेर चलाइएको छ, प्रयाप्त कक्षाकोठाको अभाव छ, निजि स्रोतका शिक्षकहरुलाई तलब खुवाउन धेरै समस्या छ, तैपनि उच्च मनोवलका साथ काम गरिरहेका छौं ।’ आचार्यले भने ‘स्कुललाई स्कुलजस्तो बनाऔं, सिक्ने ठाँउ हो हामी आफूपनि सिकौं अरुलाई पनि सिकाऔं भनेर लागि परिरहेका छौं ।’