‘गीत’ भन्छिन्, ‘दर्शकको अपेक्षामाथि खरो उत्रनेछु’

जनपत्र
१८ असार २०७६, बुधबार ०७:२८

यस वर्षको चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ का लागि २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा अनुबन्ध भएकी क्रिस्टिना गुरुङ खड्काको चर्चा केही दिनयता कुनै सुपरहिट फिल्मकी अभिनेत्रीको भन्दा कम छैन । उनी डेब्यू फिल्म रिलिज नहुँदै शहरिया युवापुस्तामाझ राम्रैसँग चिनिएकी छन् । उनको सुन्दरताले धेरैलाई लोभ्याएको छ ।
यस फिल्ममा उनले अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । फिल्मका लागि आवेदन दिएका २७ सय युवतीहरुमा प्रायः प्रदीपका क्रेजी फ्यान थिए । उनीसँग रोमान्स गर्ने इच्छा भएकै कारण धेरैले ‘गीत’ क्यारेक्टरका लागि आवेदन दिएका थिए । तर, क्रिस्टिना भने आफूले प्रदीप भएका कारण ‘प्रेमगीत ३’ का लागि आवेदन नदिएको बताउँछिन् ।
फिल्मीखबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘प्रदीप खड्का फिल्ममा हुनुहुन्छ भनेर मैले आवेदन दिएको थिइनँ । मलाई सानैदेखि फिल्ममा काम गर्न ‘इन्ट्रेस्ट’ थियो । केही फिल्मबाट अफर नआएका पनि होइनन् । तर, मैले राम्रो ब्यानर खोजिरहेको थिएँ । यही क्रममा म अध्ययनका लागि अमेरिका गएँ ।’ प्रदीपको आफू क्रेजी फ्यान नभएको पनि उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*