‘कबीर सिंह’ ब्लकबस्टर, शाहिदले बढाए दोब्बर पारिश्रमिक

जनपत्र
१८ असार २०७६, बुधबार ०७:२६

शाहिद कपूर अभिनीत फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा अविश्वसनीय सफलता हासिल गरेको छ । यो फिल्मले दोस्रो हप्ता पनि बम्पर व्यापार गरिरहेको छ । हरेक दिन फिल्मले सफलताको नयाँ नयाँ आयाम रच्दै गएको छ । ‘कबीर सिंह ’को सफलतापछि शाहिदको खुसीको पनि सीमा छैन । उनी फिल्मको सफलताबाट निकै खुसी छन् ।
भारतीय मिडियाका अनुुसार, फिल्मको कमीका कारण लामो समयदेखि तनाबमा रहेका शाहिदले ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि आफ्नो पारिश्रमिक दोब्बर बढाउने फैसला गरेका छन् । यसअघि उनले एक फिल्ममा १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए । हालै उनले एक फिल्मका लागि २१ करोड लिएको चर्चा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*