चोर समात्ने सुगा
एकादेशमा एउटा गाउँ थियो। त्यस गाउँमा एक जना व्यापारी पनि बस्दथे । उनले विभिन्न जनावरहरु बेच्ने काम गर्दथे। कहिलेकाहीँ त उनले चराहरु पनि बेच्ने गर्दथे। एक दिन उनी जंङ्गलमा चराको खोजीमा हिँडडुल गर्दा उनले एउटा हरियो रङको सुगा देखे। त्यहि मौका पारेर उनले सुगाको मुनि जाली राखे। सुगा जालीमा फस्यो। त्यो सुगा बोल्न पनि सक्ने रहेछ ।
त्यो थाहा पाएर व्यापारीले बाटोबाटोमा सुगा लिएर चिच्याउन थाले सुगा आयो हजुर, चोर पत्ता लगाउने सुगा । यो कुरा सुनेर एक जना धनि मानिसले भने यसको मुल्य कति हो रु जम्मा एक हजार दुई सय पचास व्यापारीले भने। उसले अचम्म मानेर सोध्यो आम्मा १ किन यति धेरै मूल्य रुुु व्यापारीले भने चोर पत्ता लगाउने सुगा भएपछि अलिकति महङ्गो भैहाल्छ नि।
व्यापारीको कुरा सुनेर धनी मानिसले व्यापारीले भने जति पैसा दिएर ढुक्क भइ सुगा किन्यो र मनमनै सोच्न थाल्यो अब चोर पत्ता लगाउने सुगा भएपछि मलाई चोरले दुस्ख दिने छैनुु। दिन बढ्दै गयो। एक दिनको कुरा हो, ती धनी मानिसलाई बाहिर जाने काम पर्यो। त्यहि दिन एउटा चोरले घरको टेलिभिजन, सुन, पैसा, भाडाकुडा आदि चोरेर लग्यो।
केहि दिनपछि धनी मानिस काम सक्काएर घर फर्कियो। घर आएर हेर्दा त उनले सबै सामान हराएको देखे। देख्दा बित्तिकै उनले सुगालाई सोधे ुुसुगा मेरो सबै समान चोर्ने चोर को हो रुुु सुगा साह्रै बाठो थियो। सुगाले भन्यो यदि मलाई हजुरले यहाँ बाट जान दिनु भयो भने म त्यो चोरलाई लिएर यहाँ आउछु’’। धनी मानिसले आफ्नो हराएको सामान भेट्टिन्छ कि भनी आश गरेर केहि पनि विचार नगरीकन सुगालाई जान दियो। सुगा बाहिर निस्किदा बित्तिकै जुङ्गल तिर गई आनन्दले परिवारसँग जिउन थाल्यो तर उता भने सुगाको मालिक कुरेको कुरै भए।
रुबस पराजुली जीएसनिकेतन मावि हेटोडामा कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ ।







