धान खेति गर्ने महिला, अवसर लिने पुरुष (बिचार)

भगवती पुणासैनी
१५ असार २०७६, आईतवार ०८:२४

हेटौंडा । असार १५ राष्ट्रिय धान दिवसको सबैमा शुभकामना छ । हाम्रो देश कृषि प्रधान देश हो । विशेष गरी असार महिना किसानहरुका लागी सबै भन्दा महत्वपुर्ण महिना हो । भनिन्छ मानु रोपेर मुरी उब्जाउनका लागी सबै किसानको यो समय खेत तयारी र रोपाई मै व्यस्थ हुनुु हो ।

हाम्रो देशमा धान रोप्नका लागी अन्य विकसित मुलुकमा जस्तो कुनै प्रविधी मिसीन वा औजारको प्रयोग भएको पाईदैन । पहाडका गह्राहरु हुन वा तराईका कयांै फाँट हुन सुदुर पश्चिम देखि पुर्वी नेपाल सम्म वा सिङ्गो नेपालै हामी महिलाहरुको हातले रोपेर फाँटहरु भरेर हरियाली बनाउँछौ ।

हाम्रा हातले रोपेको धानले बाँझो खेतमा हरियाली भर्नुका साथै प्रसस्त अन्न उब्जन्छ र नेपालले कृषि प्रधान देश भनेर आफ्नो पहिचान विश्व सामु दिन पाएको छ ।तर, आज सम्म महिलाको यो महत्वपुर्ण कामको घर, समाज र राष्ट्रले नै कुनै मुल्याङ्कन गरेको छैन । खेतवारीमा बढी समय दिने महिला याहाँ कृषक भनेर चिनिने पुरुष नै हुन हामी महिलाहरु कृषकको दर्जामा पनि पर्दैनौ ।

यति खेर सिङ्गो नेपालका बाँझो खेतमा मिसीन सरह धान रोप्ने महिला ,तर किसान पहिचान र सम्मान पाउँन सकेका छैनौ । हामीले पुरुषको कुरा काटेका हैनौ याहाँको सामाजिक र राज्य व्यवस्थाले बसाएको यो निर्दयी प्रथा र प्रकृयाको उजागर गर्न खोजेका मात्र हौं ।

यदि नेपाली महिलाहरुले यो समयमा कुनै माँग राख्दै आन्दोलन गरेर बस्ने हो भने नेपालको पहाड देखी तराई समम साराका सारा खेत बाँझै हुन्छन । तर, पनि याहाँ महिलाको कामको कुनै मुल्याङ्कन छैन । महिलाले खेती लागाउने मात्र हैन गोडमेल र थन्क्याँउने बेलामा पनि उत्तिकै महत्वपुर्ण भुमिका पुर्याएका हुन्छौ ।

कुवेरले तोरीको गेडा टिपझैं टिपेर भकारी भर्छाै ।भकारी मात्र हैन सुकुमवासी देखि हुकुमवासी सम्म धनी र सुखी जिवन विताई रहेका, धान लहरामा फल्छ कि पहरामा भनेर पत्तो नभएका कयौ मानिसको पेट भर्ने काम गर्छाै । आलि देखि थाली सम्म स्वस्थ र पोषिलो खुवाउँन महिलाको महत्वपुर्ण भुमिका हुन्छ तर पनि हाम्रो याहाँ कुनै मुल्याङ्कन छैन ।

कृषि वा पशु व्यवसाय कृषकका नाममा आउने तालिम गोष्टि देखि ऋण अनुदान सम्म पुरुषकै नाममा आउछ तर काम सबै महिलाले गर्नु पर्छ । त्यहाँ बाट उत्पादित अर्थउपार्जनमा महिलाको न पहुँच नै हुन्छ न निर्णय नै । यसले नेपालको आर्थिक स्तरमा निकै असमानता ल्याएको छ ।

जब महिलाको नाममा जग्गाधनी प्रमाण पुर्जा हुदैन तब यी सबै अवसर र पहिचान बाट बन्चित हुन पर्छ नै । जब राज्यबाट महिलाको कामको मुल्याँङ्कन नीतिगत रुपले नै व्यवस्था हुन सक्दैन तब सम्म विभेदको अन्त्य हुनपनी सक्दैन । (भगवती पुणासैनी जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*