किन नेपाल आए ‘सनम तेरी कसम’का हिरो ?

जनपत्र
१६ श्रावण २०७९, सोमबार ०८:३८

बलिउड अभिनेता हर्षवर्धन राणे यतिबेला काठमाडौंमा छन् । उनी तीन दिनदेखि काठमाडौं रहेको उनका इन्स्टाग्राम पोस्टहरुले बताउँछ । शनिवार उनी पाँचतारे होटल र्‍याडिसनमा आयोजित एक रिसेप्सन पार्टीमा सहभागी भएका थिए । पार्टीमा सहभागी भएको तस्विर उनले इन्स्टामा पनि राखेका छन् । त्यहाँ उनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य समेत गरेका थिए ।

नवविवाहित जोडीसँग तस्विर खिच्दा होस् वा गीतमा नृत्य गर्दा, हर्षवर्धनको कम्मरमा क्यामेरा झुन्डिरहेको देखिन्छ । यसले उनको फोटोग्राफीप्रतिको रुचि झल्काउँछ । आइतवार उनले बसन्तपुर क्षेत्रको घुमघाम गरेको तस्विर तथा भिडियोहरु पनि इन्स्टाग्राममा शेयर गरेका छन्, जहाँ उनले पर्यटनहरुसँग नाचेको, नेवारी परिकारको स्वाद लिएको, नेपाली फ्यानहरुसँग भेट गरेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*