‘आप्पा’ को सुखद ओपनिङ

एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आप्पा’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार औसत व्यापार गरे पनि शनिबार फिल्म बिहानैदेखि देशैभर हाउसफुल रहेको निर्माण टिमबाट जानकारी प्राप्त छ । अभिनेता दयाहाङ राई स्टारर यस फिल्मले शनिबार मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतिर राम्रो व्यापार गरेको वितरकले बताएका छन् ।
फिल्मको व्यापार सिंगलमा भन्दा मल्टीप्लेक्सतर्फ राम्रो छ । शनिबार राजधानीका मल्टीप्लेक्सले फिल्मलाई उपलब्ध गराएका सबै सोज दर्शकले भरिएको निर्देशक अनमोल गुरुङ बताउँछन् । मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने गोपी, गुण, अष्टनारायणलगायतका राजधानीका सिंगल थिएटरमा पनि दर्शकको उपस्थिति राम्रो देखिएको थियो । फिल्मलाई बढिजसो मिश्रित प्रतिक्रिया प्राप्त छ ।