बृक्षारोपणलाई उत्पादन र सम्बृद्धिसँग जोड्नु पर्छ– मन्त्री नेपाल

सिन्धुली (हरिहरपुरगढी) १४ असार । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री अरुण कुमार नेपालले बृक्षारोपण दिवसको अवसरमा सिन्धुलीको हरिहरपुरगढीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बृक्षारोपणलाई उत्पादन र सम्बृद्धिसँग जोड्नु पर्ने बताउनु भएको छ ।
नमुना कवुलियती कृषि सहकारी संस्था लिमिटेड र हरियाली बन विकास सामुदायीक बन उपभोक्ता समुह हरिहरपुरगढी–२ र हरियाली वन विकास सामुदायिक वन उपभोक्ता समूह, हरिहरपुरगढी–४ ले डिजिभन वन कार्यालय, मरिणको आर्थिक अनुदान तथा प्राविधिक सहयोगमा आयोजना गरेको तारबार सहित फलफुल तथा अन्य वन विरुवा बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री नेपालले भन्नुभयो, “बिरुवा रोप्ने कुरा महत्वपूर्ण होइन, बिरुवालाई हुर्काउने र त्यसबाट प्रतिफल लिने कुरा महत्वपूर्ण हो ।” उहाँले विरुवालाई आम्दानीसँग जोड्न सकियो भने मात्र सम्बृद्धि आउने बताउनु भयो ।
बृक्षारोपण कार्यक्रममा आँप, कटहर, लीची जस्ता फलफुलका विरुवाले आम्दानीमा बृद्धिसँगै रोजगारी समेत सृजना हुने भएकाले त्यसतर्फ जोड दिन बन समुहहरुलाई मन्त्री नेपालले आग्रह गर्नु भयो । मन्त्री नेपालले खाली जग्गाहरुमा आयमुलक विरुवाहरु हुर्काइ जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सरकार लागीरहेको समेत बताउनुभयो । मन्त्री नेपालले भन्नुभयो, “खाली जमिनमा आयमुलक विरुवा रोप्ने र हुर्काउने काम गर्नुस, सरकारी निकायले आवश्यक सहयोग गर्नेछ ।” सरकार हरियाली समाज निर्माण गर्ने हरियालीलाई सबृद्धिसँग जोड्ने अभियानमा रहेकाले आज देशैभरि बिरुवा रोप्ने अभियान चलिरहेको उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै अर्का अतिथी प्रदेश सांसद बुद्धिमान माझीले बनको उचित संरक्षण र विकास गर्दै खालि जग्गाहरुको उपयोग गर्दै जनताको जिवनस्तरमा परिवर्तन ल्याउन आफुहरु क्रियाशिल रहेको बताउनुभयो । उहाँले ब्यवसायीक उत्पादनसँग जनतालाई जोड्न आवश्यक्ता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योग, पर्यटन बन तथावातावरण मन्त्रालयका सचिब शिवकुमार वाग्ले, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ्ग लामा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य कमलजंग राई लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । नमुना कबुलियती कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल घतानीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय, मरिणका प्रमुख लोकराज नेपालले स्वागत गर्नु हुंदै राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण कार्यक्रमको वारेमा प्रकाश पर्नु भएको थियो ।
उक्त कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिब गोपाल गौतम, डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठ, सामुदायीक बन उपभोक्ता महासंघ मरिणका अध्यक्ष पेमादोर्जे बम्जन, नेपाल बन पैदावार उद्योग ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिग लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम अन्र्तगत १० वटा कवुलियती बन समुहको क्षेत्र भित्र १६ दशमलब ६३ हेक्टर र हरियाली बन विकास सामुदायीक बन क्षेत्रको ३ दशमलब ५० हेक्टर जमिनमा तारबार सहित लिची, आप, कटहर, सत्तिसाल र अगउडका १० हजार ६ सय विरुवा रोपिएको र उत्त mबिरुवाहरुको संरक्षणको लागी हेरालु र चरिचरण नियन्त्रणको ब्यवस्था समेत मिलाइएको डिभिजन बन कार्यालय मरिणका सहायक बन अधिकृत शम्भु तामागले जानकारी दिनुभयो ।
रोपीएको विरुवाहरुलाई ब्यस्थित गर्न बन डिभिजन कार्यालयबाट प्राविधिक सहयोग भएको र कवुलियती बन समुहले बिरुवा हुर्काउन सकेमा समुहमा आवद्ध १ सय ५० घरधुरीले ५ देखी १० वर्षमा ६ करोड बार्षिक आम्दानी लिन सक्ने तामागंले बताउनुभयो ।
तस्विर–प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री अरुण कुमार नेपालका निजी सचिब नवराज पुणासैनी र स्वकिय सचिब लक्ष्मण पौडेलको फेसबुकबाट ।