टाेकियाे ओलम्पिकमा पुरुष बास्केटबलतर्फ अमेरिकालाई स्वर्ण

जनपत्र
२३ श्रावण २०७८, शनिबार १२:२०

काठमाण्डाै – टोकियो ओलम्पिकमा पुरुष बास्केटबलतर्फ अमेरिकाले स्वर्ण पदक जितेको छ । फ्रान्सलाई ८७–८२ अङ्कले पराजित गरी अमेरिकाले स्वर्ण पदक जितेको हो ।

फाइनलको पहिलो क्वार्टरमा २२–१८, दोस्रोमा २२–२१, तेस्रोमा २७–२४ को अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १९–१६ ले पछि परेको थियो । यससँगै अमेरिकाले ओलम्पिकमा बास्केटबलतर्फ लगातार चौथो पटक स्वर्ण पदक जितेको छ ।

अमेरिकाले पदक तालिकामा चीनलाई पछ्याएको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म चीन ३७ स्वर्ण, २७ रजत र १७ कास्यसहित ८१ पदकका साथ पहिलो, अमेरिका ३३ स्वर्ण, ३६ रजत र ३२ कास्यका साथ १ सय १ पदकसहित दोस्रो र जापान २४ स्वर्ण, १२ रजत र १६ कास्यसहित ५२ पदकका साथ तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*