भारतीय अभिनेत्री पायल घोषले फिल्म निर्माता कश्यप अनुरागविरुद्ध लगाइन् बलात्कारको आरोप
भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता कश्यप अनुरागलाई यौन उत्पीडनको आरोप लगाएकी छन्। पायल घोषले अनुराग कश्यपको ट्विटरमा ट्याग गर्दै लेखेकी छन्, ‘अनुराग कश्यपले मलाई जबर्जस्ती गरे। नरेन्द्र मोदीजी तपाईंलाई मेरो अनुरोध छ– यिनीविरुद्ध कारबाही गर्नुस् र देशलाई थाहा होस् कि वास्तविकता के हो। मलाई थाहा छ कि यो भन्नु मेरालाई हानिकारक छ र मेरो सुरक्षामा खतरा छ। कृपया मलाई मद्दत गर्नुहोस्।’
पायलको ट्विटलाई अभिनेत्री कंगना रनौतले रिट्विट गर्दै ‘मिटु’मा ह्यासट्याग गरेर लेखेकी छन्, ‘हरेक आवाज महत्वपूर्ण अनुराग कश्यपलाई गिरफ्तार गरियोस्।’
Every voice matters #MeToo #ArrestAnuragKashyap https://t.co/Pv1kGZIRr6
— Kangana Ranaut (@KanganaTeam) September 19, 2020
पायल घोषको ट्विटलाई रिट्विट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पूरै घटनाको जानकरी मागेकी छन्। लेखेकी छन्, ‘तपाईं मलाई आफ्नाबारे सबै कुरा पठाउन सक्नुहुनेछ। जसबाट मैलै सबै घटना जान्न सकूँ।’
You may send me the detailed complaint at chairperson-ncw@nic.in and @NCWIndia will look into it. @iampayalghosh https://t.co/KZzPwkmuwZ
— Rekha Sharma (@sharmarekha) September 19, 2020
जवाफमा पायल घोषले पुनः लेखेकी छन्, ‘धन्यवाद, म तपाईंले भनेजस्तो गर्नेछु।’ अनुराग कश्यपले अबेर राति १२स्३८ बजे हिन्दीमा चारवटा ट्विट गरेर आरोप झुटो भएको दाबी गरेका छन्। नेपालखबरबाट साभार







