अभिनेत्री नीता ढुंगानाले “श्रीमद्भगवद् गीता” बनाउदै
अभिनेत्री नीता ढुंगानाले श्रीमद्भगवद् गीताको शृंखला बनाउने भएकी छिन्। नायिका ढुंगानाले ‘श्रीमद्भगवद् गीता’ नामक वेब सिरिज निर्माण गर्ने बारे बताएकी हुन् । चलचित्र निर्माण गर्ने मुड मा रहेकी नीता ले अहिले लकडाउन भएका कारण वेब सिरिज निर्माण गर्ने भएकी हुन्।
यस श्रीमद्भगवद् गीताको शृंखलामा भगवान कृष्ण र महान योद्धा अर्जुनको संवादलाई मुख्य आधार लिएर छायांकन गरिने भएको अभिनेत्री ढुंगाना बताउछिन्। अभिनेत्री नीताका अनुसार संवादलाई थोरै आधुनिक तरिकाले प्रस्तुत गरिने छ। चलचित्र निर्माणमा प्रयास गरिरहेकी निता कोरोनाभाइरसका कारण आफुलाई वेब सिरिजमा बाध्न पुगेकी छिन्।
महाभारतका केहि अंशलाई लिएर निर्माण गर्न लागेकी निताले यस सिरिजमा ४ मुख्य पात्रलाई आधार बनाइ सो सिरिज निर्माण गर्ने भएकी हुन्। ढुंगानाकाले श्रीमद्भगवद् गीताको शृंखलालाई ४५ भाग को बनाउने र प्रत्येक भागलाई प्रस्तुत गर्दा २५ मिनेट लामो बनाउने उल्लेख गरेकी छिन्।
यसैगरी, उनले सबै दृश्य भगवान कृष्ण र अर्जुनमा केन्द्रित भएका कारण यसमा शृंखलामा महिला भूमिकाको अवस्श्यक नपर्ने बताएकी छिन्। उनि भन्छिन् ,’मलाई पनि अभिनय गर्न मन लागेको थियो तर के गर्नु सबै विषय वस्तु भगवान कृष्ण र अर्जुनमा केन्द्रित छ।’
एउटा फरक दृस्टीकोणबाट सोचेकी निताले कलाकार र निर्देशेकका बारेमा छलफल गरिरहेको बताएकी छिन्। क्यानाडा नेपालसँग कुरा गर्दै निताले भनिन्,’ मैले यस शृंखलाको थालनी भगवान गणेशको पुजा अर्चना गरेर निर्माण कार्यलाई अगाडी बढाइसकेको छु। अब यस सिरिजको सफलता पुर्वक छायांकन गरि म चलचित्र निर्माण बारे सोच्ने छु।’ क्यानडानेपालबाट







