कोरोनाभाइरसः विश्वभर पाँच लाखभन्दा धेरै मृत्यु
विश्वभर कोरोनाभाइरसका कारण पाँच लाखभन्दा धेरैको मृत्यु भएको छ । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण अब विश्वमा मृत्यु हुनेको संख्या ५ लाख एक सय आठ पुगेको छ ।
यसमा १ लाख २५ हजारभन्दा धेरै अमेरिकाका, ५७ हजारभन्दा धेरै ब्राजिलका, ४३ हजार बेलायतका, ३४ हजार इटालीका, २९ हजार फ्रान्स र २८ हजारभन्दा धेरै स्पेनका रहेका छन् । पछिल्लो समय अमेरिका, ल्याटिन अमेरिका र एशियाली देशमा कोरोनाभाइरस संक्रमणको रफ्तार निकै बढेको छ ।






