तोकिएको समयमा एमसीसी पारित नहुने पक्का, संसद् बैठक १७ गतेमात्रै बस्ने
मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० तोकिएको समयमा पारित नहुने पक्का भएको छ । एमसीसी परियोजनासम्बन्धी सम्झौता असार १६ गतेभित्र संसदबाट पारित भइसक्ने समझदारी भए पनि यो मितिमा पारित नहुने पक्का भएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेलाई बोलाएपछि १६ गतेभित्र संसद्बाट पारित हुनुपर्ने एमसीसी निर्धारित मितिमा पारित हुने छैन ।
विद्युत् प्रसारण लाइन र सडक सुधारको लागि अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई पाँच सय मिलेनियम अमेरिकी डलर अर्थात् झण्डै ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ । तर यो सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने, भारततर्फको प्रसारण लाइनको लागि भारतको सहमति चाहिनेलगायतका केही शर्तका कारण नेपालमा यसको विरोध पनि भइरहेको छ ।
यद्यपि एमसीसीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कै नेताहरुबीच विवाद रहेको छ ।






