हेटौंडामा राजमार्गमा अव्यवस्थित पार्किङ हटाउन प्रहरी सक्रिय, भोलिदेखि कडाइ गरिने चेतावनी

जनपत्र
२३ चैत्र २०८२, सोमबार १८:१३

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर ले आज हेटौंडा क्षेत्रका राष्ट्रिय राजमार्गमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी साधनहरू हटाएको छ।

आज हेटौंडा उपमहानगरपालिका–१, २, ४, १० र ११ नम्बर वडा क्षेत्रभित्र पर्ने राजमार्गमा अनावश्यक रूपमा पार्किङ गरिएका सवारी साधन हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । यसअघि पनि यस्ता सवारी हटाउने अभियान सञ्चालन गरिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन।

हेटौंडामा राजमार्गदेखि भित्री सडकसम्म जताततै मोटरसाइकललगायत साना सवारी साधन जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढ्दो रहेको देखिन्छ। यसले यातायात व्यवस्थापनमा समस्या सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ।

प्रहरीले भोलि चैत २४ गतेदेखि राजमार्गको दायाँबायाँ सवारी साधन पार्किङ नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ। यदि उक्त निर्देशनको उल्लङ्घन गर्दै पार्किङ गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने स्पष्ट पारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*