मकवानपुर प्रहरीद्वारा आपराधिक गतिविधिमा संलग्न १८ जना पक्राउ
मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियानअन्तर्गत गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई दुःख दिने १८ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौंडाका विभिन्न वडाबाट ऊनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय नसिव बोटेला, ३३ वर्षीय फारुक अन्सारी, हेटौंडा-११ का ४५ वर्षीय बर्दीबहादुर तामाङ, हेटौंडा-१३ का ३० वर्षीय सुमन लोचन, हेटौंडा-१२ का २९ वर्षीय कमल सिंह ब्लोन, २८ वर्षीय अजय स्वाङ्गतान, २३ वर्षीय अर्पण स्वाङ्गतान, ३२ वर्षीय सविन थिङ र ३४ वर्षीय अर्जुन ब्लोन तामाङ रहेका छन्।
प्रहरीका अनुसार हेटौंडा-११ का २२ वर्षीय सुरज श्रेष्ठ, ३१ वर्षीय सुभम थिङ, २५ वर्षीय नवाज गुरुङ, २२ वर्षीय सन्तकुमार महर्जन, २७ वर्षीय दिपेश लामा, हेटौंडा-१३ का २१ वर्षीय रोजेन ओझा, हेटौंडा-१४ का १९ वर्षीय राहुल तामाङ, हेटौंडा-६ का २१ वर्षीय नविन गौतम तथा रौतहटको फतुवा विजयपुर नगरपालिका–१० का २८ वर्षीय रवि तिमिल्सिना रहेका छन् ।







