निर्वाचनमा एमालेको पक्षमा मत सिर्जना गर्न बर्तौलाको आग्रहः कलंकीमा थाहा–काठमाडौुं भेला
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा (एमाले) ले आफ्नो तयारीलाई तीव्र पारेको छ । यसै सिलसिलामा आज काठमाडौंको कलंकीमा नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहत् भेला सम्पन्न भएको छ ।
भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बिजय बिक्रम श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन कमिटीु निर्माण गरेको छ । यो कमिटीले काठमाडौंमा रहेका थाहा नगरपालिकावासी मतदाताहरूसँग समन्वय गर्ने र एमालेको पक्षमा जनमत सिर्जना गर्ने जिम्मेवारी पाएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौलाले आसन्न निर्वाचन राष्ट्रिय राजनीतिको दिशा तय गर्ने कडी भएको बताउनुभयो । उहाँले काठमाडौंमा रहेका प्रत्येक थाहावासीलाई एमालेको एम्बेसेडरु बनेर गाउँ-गाउँमा मत सिर्जना गर्न आग्रह गर्नुभयो ।
ूयो केवल एउटा सिटको लडाइँ होइन, यो विकास र समृद्धिको अभियानको निरन्तरता हो, उपयुक्त नीति निर्माणको अभियान हो । त्यसैले हरेक कार्यकर्ताले अहिलेदेखि नै एमालेको पक्षमा जनलहर पैदा गर्न लाग्नुपर्छ, बर्तौलाले भन्नुभयो ।
एमाले मकवानपुर(२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार कार्यक्रममा थाहा नगरपालिकाबाट विभिन्न पेसा र व्यवसायको सिलसिलामा काठमाडौंमा बसोबास गर्ने १६० भन्दा बढी सक्रिय कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । जहाँ संबिधान सभा सदस्य सुभाष चन्द्र ठकुरी, सम्पर्क समन्वय अध्यक्ष अशोक ठकुरी, सम्पर्क मंच जिल्ला अध्यक्ष चित्र पुलामी, एमाले थाहा नगर उपाध्यक्ष हेम लामा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
भेलाले काठमाडौंमा रहेका मतदाताहरूलाई मतदानका लागि गाउँसम्म लैजाने र चुनावी अभियानलाई टोल-टोलमा पुर्याउने कार्ययोजना समेत पारित गरेको छ ।







