‘माइली’बाट फिल्ममा डेब्यु गर्दै गायिका कमला घिमिरे

जनपत्र
२४ असार २०८१, आईतवार १५:५२

गायिका कमला घिमिरे पछिल्लो समय ‘लाइभ दोहोरी’बाट एकाएक चर्चामा आइन् । सामाजिक संजालमा उनका धेरै प्रशंसक छन् जो उनलाई गायन क्षेत्रमा सफल भएको देख्न चाहन्छन् ।

यतिबेला यी भाइरल गायिकालाई लिएर नयाँ खबर छ । गायनपछि अब उनले फिल्म अभिनयको थालनी गर्दैछन् । बाबु बलामीले निर्देशन गर्न लागेको आगामी फिल्म ‘माइली’मा उनी अनुबन्धित भएकी छन् ।

डेब्यु फिल्ममा उनको भूमिका खुलाइएको छैन । संगीतमा जस्तै फिल्ममा पनि दर्शकले आफूलाई साथ दिने आशा उनले व्यक्त गरिन् ।

‘दर्शकले मलाई फिल्ममा पनि माया र साथ दिनुहुनेछ जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो’ फिल्म साइन गरेपछि कमलाले भनिन्, ‘आज मैले फिल्म गर्ने अवसर पाएँ, सम्झिन चाहान्छु मेरा ती सुरुवाती दिनलाई जतिखेर मलाई दर्शक श्रोताले धेरै माया गरेर आज यो ठाउँ सम्म पुर्‍याउनुभयो ।’

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असार अन्त्यदेखि छायांकन सुरु हुने जनाइएको छ । मकवानपुरको वीरखर्क र कुलेखानी, काठमाडौं र युएईको दुबईमा खिचिनेछ । शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ । यसअघि यो फिल्ममा प्रियंका कार्की र करिश्मा मानन्धर पनि अनुबन्धित भैसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*