अनाैठाे परम्परा जहाँ भाई बहिनीबीच विवाह हुन्छ !
संसारका हरेक देशमा विवाहको प्रचलन फरकफरक छन्। तर कतिपय देश र आदीवासी समाजमा भने अनाैठा परम्परा रहेका छन् ।
हाम्रो देशमा दाजु बहिनीबीच सबैभन्दा पवित्र नाता मानिन्छ । तर केही समुदायमा भने भाई बहिनीबीच विवाह गर्ने चलन पनि छ । भारतको छत्तीसगढमा सबैभन्दा धेरै आदीवासी समाज बस्छन् । उनीहरुको अलग परम्परा छ । जहा भाई बहिनीबीच आपसमा विवाह गर्छन् ।
भारतको छत्तीसगढ राज्य वरपर बसोबास गर्ने धुर्वा समुदायमा अनौठो परम्परा छ । यही परम्परा अनुसार यहाँ दाजुले बहिनीसँग विवाह गर्ने गरिन्छ । यो अनौठो परम्परा वर्षौंदेखि चलिआएको छ । जसले यसलाई स्वीकार गर्न अस्वीकार गर्छ उसले यसको लागि ठूलो जरिवाना तिर्नुपर्छ।
आज पनि जरिवानाबाट बच्न कैयौं पटक दाजुभाइ दिदीबहिनीले बिना कारण बिहे गर्नुपरेको छ । यससँग जोडिएको अर्को परम्परा पनि छ, जसअन्तर्गत आगोसँग होइन पानीसँग विवाह गरिन्छ । यहाँ पानीलाई साक्षी मानेर दम्पतीले विवाहको वाचा लिने गरेका छन् ।
— एजेन्सीकाे सहयाेगमा







